News तेस्रो पंचायन गोल्डकप शुरु, आयोजक पंचायन (निलो) को विजयी शुरुवात
गोलनेपाल

रामधुनी । शुक्रबारदेखि शुरु भएको तेस्रो पंचायन गोल्डकप खुला नकआउट फुटबल प्रतियोगितामा आयोजक पंचायन फुटबल क्लब (निलो), रामधुनीले विजयी शुरुवात गरेको छ ।

उद्घाटन खेलमा पंचायनले नव युवा क्लब, मोरङलाई १–० को साँघुरो अन्तरले हराउँदै विजयी शुरुवात गरेको हो । पंचायनका लागि दोस्रो हाफको १९औं मिनटमा अनिश राजधामीले गरेको एक मात्र गोल उद्घाटन खेलको निर्णायकगोल बन्यो । खेलमा निर्णायक गोल गरेका पंचायन (निलो) का अनिश राजधामी नै प्लेयर अफ दि म्याच चुनिए ।

यो जितसँगै बाइ पाएर क्वाटरफाइनल खेलेको पंचायन (निलो) सेमिफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत चैत्र १४ गते शनिबारको खेल आर.एफ.सी., धरान र बेतना युनाइटेड, बेलबारी बीच हुने आयोजकले जानकारी दियो ।

त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेशका सभासद विजय कुमार राई लगायतले गरेका थिए ।

पंचायन फुटबल क्लब, रामधुनी–७, पंचायन, सुनसरीको आयोजनामा शुरु भएको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,३१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ८१,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यही चैत्र २१ गतेका दिन हुनेछ ।

 

Post Comments