News
श्रीलंकालाई हराउँदै भुटान सेमिफाइनलमा
काठमाडौं । सनसनीपूर्ण जितका साथ नेपाल कै समूह ए मा रहेको भुटान जारी साफ यु–२० च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार समूह ए तर्फको अन्तिम तथा निर्णायक खेलमा श्रीलंकालाई बराबरी र भुटानलाई जित्नै पर्ने दबाब थियो । जसमा भुटान नै सफल बन्यो ।
नेशनल फुटबल स्टेडियममा भएको खेलमा भुटानले श्रीलंकालाई १–० ले स्तब्ध बनायो । खेलको अन्तिमतिर इन्जुरी समयमा ढेन्डुप ग्याल्जेनले गरेको एक मात्र गोल भुटानलाई अन्तिम चारमा पुर्याउन निर्णायक गोल बन्यो ।
यो नतिजापछि ३ खेलबाट ४ अंक जोडेको भुटान समूह ए को उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्यो । ७ अंक जोडेको नेपाल समूह विजेता बन्यो । त्यस्तै ३ अंक जोडेको श्रीलंका र २ अंक जोडेको आयोजक माल्दिभ्स समुह चरणबाटै बाहिरिए ।
Post Comments
Related News
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल