काठमाडौं । जारी साफ यु–२० च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले गत संस्करणको उपविजेता बंगलादेशससँग खेल्ने तय भएको छ ।
शनिबार समूह बी तर्फको अन्तिम खेलमा बंगलादेशले साविक विजेता भारतसँग १–१ गोलको बराबरी खेल्यो । यो नतिजापछि समान ४–४ अंक भए तापनि गोलभिन्नताका आधारमा भारत समूह बी को विजेता बन्दा बंगलादेश उपविजेता बन्यो । अंकविहीन पाकिस्तान भने समूह चरणबाट यसअघि नै बाहिरिसक्यो ।
उता समूह ए बाट समूह विजेताका रुपमा नेपाल र समूह उपविजेताका रुपमा भुटानले सेमिफाइनलमा स्थान बनाईसकेका छन् । साथै शनिबार बंगलादेश र भारत बीचको खेल पश्चात् सेमिफाइनल समिकरण पनि पूरा भएको छ ।
अब १ अप्रिल (१८ चैत्र) का दिन हुने पहिलो सेमिफाइनलमा नेपालले बंगलादेशसँग खेल्नेछ भने सोही दिन हुने दोस्रो सेमिफाइनलमा भारतले भुटानको सामना गर्नेछ । फाइनल खेल भने ३ अप्रिलका दिन हुने तय भईसकेको छ ।
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल