शिवसताक्षी । झापामा जारी शिवसताक्षी मेयर कप नकआउट फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार वार्ड नम्बर ९ र वार्ड नम्बर १० ले जित हात पारेका छन् ।
दुधे रंगशालामा भएको दिनको पहिलो खेलमा वार्ड नम्बर ९ ले वार्ड नम्बर ७ लाई पेनाल्टी शुटआउटमा ४–३ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । खेलमा वार्ड नम्बर ९ का गोलरक्षक युसिन योङहाङ प्लेयर अफ दि म्याच बने ।
त्यस्तै दिनको दोस्रो खेलमा साविक विजेता समेत रहेको वार्ड नम्बर १० ले वार्ड नम्बर २ लाई ४–० को फराकिलो अन्तरले हरायो । खेलमा वार्ड नम्बर १० का ह्याट्रिककर्ता बिबेक योङहाङ प्लेयर अफ दि म्याच घोषित भए । जित हात पारेका वार्ड नम्बर ९ र वार्ड नम्बर १० दुवै टोली क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
शिवसताक्षी नगर खेलकुद विकास समितिको आयोजना तथा शिवसताक्षी नगरपालिका, झापाको संरक्षकत्वमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७५ हजार हात पार्नेछ भने उपविजेताले ४५ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही चैत्र २२ गतेका दिन हुनेछ ।
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा