जरायोटार । अरुण गाउँपालिका वडा नम्बर - ६ जरायोटार भोजपुर स्थित पाल्पाले खेलमैदानमा जरायोटार खेलकुद विकास समितिको आयोजनामा सञ्चालन भइरहेको प्रथम आमन्त्रित जरायोटार (माङिदिङग्) कप नकआउट पुरुष फुटबल प्रतियोगिताको उपाधि समीकरण पूरा भएको छ।
शनिबार सम्पन्न दोस्रो सेमीफाइनल खेलमा पाल्पाले युनाइटेड भोजपुरले बुढासुब्बा फुटबल क्लब धनकुटालाई दुई गोलका विरुद्ध ५ गोलको फराकिलो जित दर्ता गर्दै प्रतियोगिताको उपाधि नजिक पुगेको हो। पाल्पालेको जितमा किरन लिम्बुले तीन गोल गर्दै प्रतियोगिताकै पहिलो ह्याट्रिक पुरा गरे। त्यसैगरी निवस फुयाल र फिलिपले समान एक एक गोल गरेका हुन्।
उता पराजित भएको टोली बुढासुब्बा धनकुटाका लागि अमित गजमेर र प्रवीण सम्पाङ ले समान एक एक गोल फर्काएका थिए। साथै उक्त खेलमा ह्याट्रिक पुरा गरेका किरन लिम्बु म्यान अफ दि म्याच बन्दै नगद रु.२००० रूपैयाँ प्राप्त गरेका छन्।
पाल्पाले युनाइटेडले आफ्नो घरेलु मैदानमा अब उपाधिका लागि सञ्जीवनी फुटबल क्लब धनकुटासँग प्रतिस्पर्धा गर्ने निश्चित भएको छ , उक्त खेल आइतबार दिनको ठिक १ बजे हुनेछ।
पूर्वका विभिन्न जिल्लाहरूबाट १० टोलीको सहभागिता रहेको यस प्रतियोगिताको विजेता हुने टोलीले नगद रु. २,२२,२२२ कप,मेडल र प्रमाणपत्र साथै उपविजेता हुने टोलीले नगद रु.१,११,११ रुपैयाँ प्राप्त गर्नेछन्।
- आठौं मेयर कप महिला फुटबलमा फेयर र लेटाङको जित
- भोजपुरलाई नवौं मेयर भोजपुर गोल्डकपको उपाधि
- ९ औँ मेयर भोजपुर गोल्डकपको उपाधि समीकरण पुरा, उपाधिका लागि सातदोबाटो र आयोजक भोजपुर भिड्ने पक्का
- साबिक विजेता एपीएफलाई हराउँदै आयोजक भोजपुर ९औँ मेयर भोजपुर गोल्डकपको उपाधि नजिक
- गोलरक्षक मनिष माझी नायक बन्दा प्लानिङ बोइज ९औं मेयर भोजपुर गोल्ड कपको अन्तिम चारमा