गोरखा । द ओसन क्लब, गोरखा नगरपालिका–९, दलभञ्ज्याङ, गोरखाको आयोजनामा वार्षिक रुपमा हुँदै आएको प्रतिष्ठित ११औं ओसन कप राष्ट्रिय यु–१३ छात्र फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।
आयोजक क्लब कै टर्फ मैदानमा सम्पन्न छात्र फाइनलतर्फ कटारी टाईगर फुटबल क्लबले उपाधि जित्यो । फाइनलमा कटारी टाईगरले नारायणगढ फुटबल क्लब, चितवनलाई १–० ले हराउँदै उपाधि चुम्न सफल भएको हो ।
विजेता बनेको कटारी टाईगरले उपाधिसहित नगद २५ हजार हात पार्यो भने उपविजेता नारायणगढले १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
विधागततर्फ कटारी टाईगर कै वर्चश्व रह्यो । उत्कृष्ट गोलरक्षक कटारी टाईगरका सामेन राई बन्दा सर्वश्रेष्ठ खेलाडी पनि कटारी टाईगर कै हेमन्त बहादुर मगर घोषित भए ।
छात्रातर्फ हिल्ली फिल्डर्सलाई उपाधि

त्यस्तै छात्रातर्फको यु–१६ फुटबल प्रतियोगितामा हिल्ली फिल्डर्स च्याम्पियन बन्यो । हिल्ली फिल्डर्सले एम्बेसडर फुटबल क्लबलाई पेनाल्टी शुटआउटमा ३–१ ले हराउँदै उपाधि जित्यो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।
विजेता बनेको हिल्ली फिल्डसले उपाधिसहित नगद १५ हजार हात पार्दा उपविजेता बनेको एम्बेसडर एफसीले ७५०० सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्यो ।
स्मरण रहोस, प्रतियोगितामा छात्रतर्फ कुल १२ टोली र छात्रातर्फ कुल ४ टोलीहरुले सहभागिता जनाएको आयोजक क्लबका सचिव सबिन खत्रीले जानकारी दिए ।
विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी गोरखा नगरपालिकाका नगर प्रमुख कृष्णा राना, विशिष्ठ अतिथी जिल्ला खेलकुद विकास समिति, गोरखाका अध्यक्ष प्रेम बहादुर तामाङ लगायतले पुरस्कृत गरेका थिए ।
- गोरखाको १० किलोमा जारी चौथो राइजिङ्ग स्टार कप अन्तर्गत बिहिबार तीन खेल सम्पन्न
- गोरखाको १० किलोमिटर अढाईगाउँ खेलमैदानमा चौथो राइजिङ् स्टार कप सुरु
- गोरखामा चौथो राइजिङ स्टार कप हुँदै
- ओसेन्द्र कटुवालको एकमात्र निर्णायक गोलमा नेपाल पुलिस प्रथम पृथ्वीनारायण गोल्डकपको च्याम्पियन
- चित्लाङ प्रथम पृथ्वीनारायण गोल्डकपको फाइनलमा, उपाधिका लागि पुलिससँग भिड्ने