News फागुराम निर्णायक बन्दा झापा ११ बिराट गोल्डकपको फाइनलमा
गोलनेपाल

बिराटनगर । झापा ११ फुटबल क्लब, झापा मोरङमा जारी नोबेल मेडिकल कलेज ३८औं बिराट गोल्डकप अनतर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको पहिलो सेमिफाइनलमा झापाले नेपाल पुलिस क्लब, काठमाडौंलाई १–० को अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो । झापाको जितमा फागुराम थारुले एक मात्र निर्णायक गोल गरे । खेलको म्यान अफ दि म्याच भने झापा कै सोलोमन चुनिए ।

प्रतियोतर्गत बैशाख ३ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल सम्राट स्र्पोटिङ क्लब, मोरङ र चर्च ब्वाईज युनाइटेड, ललितपुरबीच हुने आयोजकले जानकारी दियो ।

बिराट गोल्डकप फुटबल ट्रस्ट, बिराटनगर, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ११ लाख हात पार्नेछ भने उपविजेताले ५ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल आउँदो बैशाख ५ गतेका दिन हुनेछ ।

Post Comments