News सम्राट स्र्पोटिङ फाइनलमा, उपाधिका लागि झापासँग भिड्ने
गोलनेपाल

बिराटनगर । सम्राट स्र्पोटिङ क्लब, मोरङ जारी नोबेल मेडिकल कलेज ३८औं बिराट गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ ।

बिहीबार भएको दोस्रो सेमिफाइनलमा सम्राटले चर्च ब्वाईज युनाइटेड, ललितपुरलाई ३–० को अन्तरले हराउँदै उपाधि नजिक पुगेको हो । शहिद रंगशालामा भएको खेलमा सम्राट स्र्पोटिङका लागि सौरभ तामाङ, आदित्य शाक्य र बिबेक राईले गोल गरे । खेलमा सम्राटका गोलकर्ता सौरभ तामाङ म्यान अफ दि म्याच समेत चुनिए ।

सम्राट स्र्पोटिङले अब बैशाख ५ गते शनिबार हुने फाइनलमा झापा ११ फुटबल क्लब, झापासँग उपाधिका लागि भिड्ने आयोजकले जानकारी दियो ।

बिराट गोल्डकप फुटबल ट्रस्ट, बिराटनगर, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ११ लाख हात पार्नेछ भने उपविजेताले ५ लाख ५० हजार प्राप्त गर्नेछ । 

Post Comments