News उत्कृष्ट जितका साथ रोलिङ एनआरएनए तेस्रो इलाम गोल्डकपको सेमिफाइनलमा
गोलनेपाल

इलाम । उत्कृष्ट जितका साथ रोलिङ क्लब, धुलाबारी, झापा इलाममा जारी एनआरएनए तेस्रो इलाम गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको दोस्रो क्वाटरफाइनलमा रोलिङले फिदिम स्र्पोटिङ क्लब, पाँचथरलाई ३–० को अन्तरले हराउँदै सेमिफाइनल यात्रा तय गरेको हो । रोलिङको जितमा प्रताप सिंह राई, निरज कार्की र अरुण मेचेले गोल गरे । खेलमा रोलिङ कै प्रताप सिंह राई प्लेयर अफ दि म्याच बने ।

प्रतियोगिता अन्तर्गत बैशाख ७ गते सोमबारको तेस्रो क्वाटरफाइनल खेल मच्छिन्द्र फुटबल क्लब, काठमाडौं र एन पेनाङ फुटबल क्लब, मलेसियाबीच हुने आयोजकले जानकारी दियो ।

रेड हर्ष फुटबल क्लब, इलामको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल बैशाख १२ गतेका दिन हुनेछ ।

 

Post Comments