News
सातदोबाटो युथ क्लब ललितपुर ९औं मेयर भोजपुर गोल्डकपको अन्तिम चारमा
भोजपुर । भोजपुर जिल्ला फुटबल सङ्घको आयोजनामा भोजपुर रङ्गशालामा जारी ९ औं मेयर भोजपुर गोल्डकपको तेस्रो क्वाटरफाइनल अन्तर्गत सातदोबाटो युथ क्लब ललितपुर र केपिलासगढी गाउँपालिका खोटाङ बुधबार प्रतिस्पर्धा गरेका छन्। उक्त खेलमा केपिलासगढी खोटाङलाई ३–० गोल अन्तरले पराजित गर्दै सातदोबाटो ललितपुरले सेमीफाइनलमा स्थान सुरक्षित गरेको हो। सातदोबाटोको जितमा विकास दर्लामी मगर, समिर तामाङ र प्रज्वल चौधरीले समान एक एक गोल गरेका हुन्।
उक्त खेलको म्यान अफ दि म्याच सातदोबाटकै राज भुसाल बन्दा नगद रु.५००० सहित ट्रफि प्राप्त गरे। बुधबार प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा द गोर्खाज फुटबल एकेडेमी उदयपुरले प्लानिङ बोइज युनाइटेड काठमाडौँको सामना गर्नेछ।
विभागीय सहित चिर परिचित ८ टोलीहरूको सहभागिता रहेको यस प्रतियोगिताको विजेता बन्ने टोलीले नगद रु.५ लाख रुपैयाँ सहित आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेता हुने टोलीले नगद रु.३ लाख रुपैयाँ प्राप्त गर्नेछ। प्रतियोगिताको फाइनल वैशाख १२ गते हुने आयोजक कमिटीले जानकारी दिएको छ।
Post Comments
Related News
- आठौं मेयर कप महिला फुटबलमा फेयर र लेटाङको जित
- भोजपुरलाई नवौं मेयर भोजपुर गोल्डकपको उपाधि
- ९ औँ मेयर भोजपुर गोल्डकपको उपाधि समीकरण पुरा, उपाधिका लागि सातदोबाटो र आयोजक भोजपुर भिड्ने पक्का
- साबिक विजेता एपीएफलाई हराउँदै आयोजक भोजपुर ९औँ मेयर भोजपुर गोल्डकपको उपाधि नजिक
- गोलरक्षक मनिष माझी नायक बन्दा प्लानिङ बोइज ९औं मेयर भोजपुर गोल्ड कपको अन्तिम चारमा