News साबिक विजेता एपीएफलाई हराउँदै आयोजक भोजपुर ९औँ मेयर भोजपुर गोल्डकपको उपाधि नजिक
गोलनेपाल

भोजपुर । भोजपुर जिल्ला फुटबल सङ्घको आयोजनामा भोजपुर रङ्गशालामा जारी ९ औं मेयर भोजपुर गोल्डकपको पहिलो सेमिफाइनल साबिक विजेता एपीएफ फुटबल क्लब काठमाडौँ र आयोजक भोजपुर जिल्ला फुटबल सङ्घबिचको रोमाञ्चक खेल सम्पन्न भएको छ।

बिहिबार सम्पन्न उक्त खेलमा पाहुना टोली एपिएफ फुटबल क्लबलाई २-० गोल अन्तरले हराउँदै आयोजकले उपाधि यात्रा तय गरेको हो। पहिलो हाफको २९ औँ मिनेटमा दोर्जे तामाङले गोल गर्दै आयोजकलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १-० गोल अन्तरले अघि रहेको आयोजकले दोस्रो हाफको २५ औँ मिनेटमा उमेश कार्कीको पासमा संजय लिम्बुले हेडमार्फत गोल गर्दै टोलीको अग्रता दोब्बर बनाएका हुन। त्यसपश्चात भने दुवै टोलीबाट कुनै पनि थप गोल हुन नसक्दा आयोजक भोजपुरले पाहुना टोली एपीएफलाई पराजित गर्दै फाइनलमा प्रवेश गर्न सफल भयो। प्रभावशाली खेल प्रदर्शन गरेका आयोजक भोजपुरका दोर्जे तामाङले म्यान अफ द म्याचसँगै नगद रु.५००० प्राप्त गरे।

प्रतियोगिताको दोस्रो सेमीफाइनल शुक्रबार सातदोबाटो युथ क्लब ललितपुर र प्लानिङ बोइज युनाइटेड काठमाडौँ दिनको ठीक ३ बजे प्रतिस्पर्धा गर्नेछन्।

Post Comments