News ९ औँ मेयर भोजपुर गोल्डकपको उपाधि समीकरण पुरा, उपाधिका लागि सातदोबाटो र आयोजक भोजपुर भिड्ने पक्का
गोलनेपाल

भोजपुर । भोजपुर जिल्ला फुटबल सङ्घको आयोजनामा भोजपुर रङ्गशालामा जारी ९ औं मेयर भोजपुर गोल्डकपको दोस्रो सेमीफाइनलमा प्लानिङ बोइज युनाइटेड काठमाडौँलाई २-१ गोल अन्तरले हराउँदै सातदोबाटो युथ क्लब ललितपुर फाइनलमा प्रवेश गरेको छ।

शुक्रबार सम्पन्न उक्त खेलमा सातदोबाटो युथ क्लब ललितपुर र प्लानिङ बोइज युनाइटेड काठमाडौँबीच रोमाञ्चक प्रतिस्पर्धा हुँदा खेल सुरु भएको ५औं मिनेटमै राज भुसालले उत्कृष्ट गोल गर्दै सातबाटोलाई अग्रता दिलाएका थिए। सातदोबाटोले उक्त अग्रता ३ मिनेट भन्दा बढी टिकाउन सकेन। प्लानिङ बोइजका लागि खेलको ८ औं मिनेटमा निस कुमार श्रेष्ठले सुन्दरगोलमार्फत टोलीलाई खेलमा फर्काएका थिए।

त्यसको लगत्तै ३ मिनेट नबित्दै समिर तामाङले गोल गर्दै पुन: सातबाटोलाई अग्रता दिलाउन सफल भए। त्यसपश्चात् भने निर्धारित समयभर दुवै टोलीबाट कुनै पनि थप गोल हुन सकेन। सोही नतिजामा सकिएको उक्त खेलमा साँघुरो जितसहित सातदोबाटो युथ क्लबले उपाधि भिडन्तमा आयोजक भोजपुर जिल्ला फुटबल संघसँगको भेट पक्का गरेको हो।

खेलमा सातदोबाटोका सातदोबाटोका सुरज ज्यु ठकुरी प्लेयर अफ द म्याच चुनिए ।  शनिबार आयोजक भोजपुर जिल्ला फुटबल संघ भोजपुरले सातदोबाटो युथ क्लब ललितपुरसँग दिनको ठिक १ बजे आफ्नै घरेलु मैदानमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

Post Comments