News पाँचथरमा दोस्रो कुम्मायक कुस्सायक त्रिशाली आमन्त्रण गोल्डकप हुँदै
गोलनेपाल

कुम्मायक । ‘यलम्बरको शान, कुम्मायकको पहिचान’ भन्ने नाराका साथ यलम्बर युवा संस्था, कुम्मायक–१, पाँचथरको आयोजनामा यही बैशाख १९ गतेदेखि दोस्रो कुम्मायक कुस्सायक त्रिशाली आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।

कुम्मायक गाउँपालिकाको कार्यालय, यासोक, पाँचथर प्रवद्र्धक रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४,२५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २,१२,७७७ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

उद्घाटन खेलमा बैशाख १९ गतेका दिन आयोजक यलम्बर युवा संस्था, पाँचथर र कर्णसिं सोनाम एफसी, ताप्लेजुङ भिड्ने छन् । कुल आठ टोलीहरु सहभागि प्रतियोगिताको फाइनल खेल बैशाख २५ गतेका दिन हुनेछ ।

साथै प्रतियोगिताको आधिकारिक मिडिया पार्टनर रहेको गोलनेपालले सबै खेलहरु प्रत्यक्ष प्रसारण समेत गर्नेछ ।

 

Post Comments