News प्रथम इन्टर रुपन्देही फुटसल शुरु
सुरज राना मगर

बुटवल । लाफा समूह, बुटवलको आयोजनामा प्रथम इन्टर रुपन्देही फुटसल प्रतियोगिता बिहीबारदेखि शुरु भएको छ । दुई दिनसम्म चल्ने प्रतियोगिताको समापन खेलहरु भने फागुन ७ गतेका दिन हुने खेल संयोजक प्रबिन थापा दर्लामीले बताए ।

बिहीबार प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका बीच सामाजिक संस्था असल साथी केन्द्र, बुटवलकी अध्यक्ष रमना रानाले गरिन् । सो अवसरमा लाफा समूहका अध्यक्ष तारा रेश्मी, लामा समूहका संरक्षक बासुदेव लामिछाने, एएफसी ए लाइसेन्स फुटबल प्रशिक्षक यम प्रसाद गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

बुटवल स्थित लुम्बिनी फुटसल एरिनामा जारी प्रतियोगितामा कुल २१ टोलीहरुले सहभागिता जनाएका छन् । प्रतियोगिताको पहिलो दिन क्वाटरफाइनलसम्मका खेलहरु सम्पन्न भएको प्रतियोगिताका आर्थिक संयोजक तथा व्यवस्थापक बारिश रानाले बताए । साथै फागुन ७ गतेका दिन सेमिफाइनल र फाइनल सहित प्रतियोगिता समापन गरिने पनि रानाले बताए ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३० हजार हात पार्नेछ भने उपविजेताले १५ हजार प्राप्त गर्ने आर्थिक संयोजक रानाले जानकारी दिए । त्यस्तै व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको उनले बताए ।

Post Comments