News रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल
गोलनेपाल

काठमाडौं । भारतको चर्चित महिला आई लिग खेलिरहेका नेपाली राष्ट्रिय खेलाडीहरु रेनुका नगरकोटी, सरु लिम्बु र अन्जिला तुम्बापो सुब्बाले आ–आफ्नो टोलीका लागि जित हात पारेका छन् ।

लिग अन्तर्गत रेनुका र सरु आवद्ध किकस्टार्ट एफसीले लिगलिडर तथा साविक विजेता इस्ट बंगाललाई २–१ ले स्तब्ध बनायो । खेलमा सरु र रेनुका दुवैले पहिलो रोजाई मै रहेर खेले अनि टोलीको जितमा महत्वपूर्ण योगदान दिए ।

यो नतिजापछि १० खेलबाट १३ अंक जोडेको किकस्टार्ट लिगतालिकाको पाँचौं स्थानमा उक्लेको छ । उता २७ अंक जोडेको इस्ट बंगाल शिर्ष स्थानमा यथावत छ ।

त्यस्तै अन्जिलाको टोली सेथु एफसीले निता फुटबल एकेडेमीमाथि ३–१ को प्रभावशाली जित निकाल्यो । अन्जिलाले पनि टोलीको पहिलो रोजाई मै रहेर खेलिन् । यो जितपछि १० खेलबाट २२ अंक जोडेको सेथु दोस्रो स्थानमा छ । पराजित निता एफए भने १५ अंकका साथ तेस्रो स्थानमा छ ।

Post Comments