News
सोमबारेलाई दोस्रो गोर्खा खुकुरी कपको उपाधी
धरमपुर । रिभरसाईड युवा क्लब, कञ्चनरुप–१२, धरमपुर, सप्तरीको आयोजनामा सम्पन्न एक्स्ट्रीम दोस्रो गोर्खा खुकुरी कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधी सोमबारे फुटबल क्लब, उदयपुरले जितेको छ ।
फाइनलमा सोमबारेले बिराटनगर स्पोर्ट्स एकेडेमी, मोरङलाई ४-१ ले हराउँदै उपाधिमाथी कब्जा जमाएको हो । सोमबारेको जितमा सन्दिप श्रेष्ठले दुई गोल गर्दा अमर श्रेष्ठ र सरन चौधरीले समानले एक/एक गोल गरे । उतापराजित बिराटनगरका लागि भने सौर्य राउतले एक मात्र गोल फर्काएका थिए ।
विजेता बनेको सोमबारेले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्यो भने उपविजेता बिराटनगरले ५०,५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
विधागततर्फ बिराटनगरका उमेश कार्की सर्वश्रेष्ठ खेलाडी बने । फाइनल खेलको म्यान अफ दि म्याच सोमबारेका सन्दिप श्रेष्ठले हात पार्दा उत्कृष्ट गोलरक्षक सोमबारे कै अशिब राई बने । त्यस्तै सर्वाधिक गोलकर्ताको पुरस्कार भने बिराटनगरका सौर्य राउतले हात पारे ।
Post Comments
Related News
- सतिसाले स्पोर्टिङ्ग क्लबलाई तेस्रो सप्तकोशी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि
- सतिसाले र बसाहा तेस्रो सप्तकोशी गोल्डकपको फाइनलमा भिड्ने
- बसाहा क्लब तेस्रो सप्तकोशी गोल्डकपको पहिलो फाइनलिस्ट टोली बन्न सफल
- सतिसाले स्पोर्टिङ क्लब (मोरङ्ग) तेस्रो सप्तकोशी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा
- उत्घाटन खेलमा नै बसाहा क्लब (उदयपुर) तेस्रो सप्तकोशी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा