News छैटौं सुर्यनगर गोल्डकप आजदेखि, अभिषेक चर्च र नवलपरासी–११ भिड्दै
सुरज राना मगर

सुर्यनगर । नवलपरासीको बर्दघाट–१६, सुर्यनगरमा आजदेखि छैटौं सुर्यनगर गोल्डकप नकआउट फुटबल प्रतियोगिता शुरु हुँदैछ । बर्दघाट–१६ स्थित स्थानीय खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा अभिषेक चर्च रजहर, नवलपुर र नवलपरासी–११ भिड्दै छन् ।

प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजक श्री नव युवा क्लबका अध्यक्ष तथा लुम्बिनी प्रदेश फुटबल संघका उपाध्यक्ष भिमकाजी गुरुङले यसअघि बताईसकेका छन् । प्रतियोगितामा कुल १२ टोलीहरुको सहभागिता रहेको समेत अध्यक्ष गुरुङले बताए ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्ने पनि आयोजकले जनाएको छ । साथै प्रतियोगिताको व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष गुरुङले बताए । प्रतियोगिताको फाइनल खेल फागुन २२ गतेका दिन हुनेछ ।

प्रतियोगिताको गत संस्करणको उपाधि बागमती युवा क्लब, सर्लाहीले जितेको थियो । साथै प्रतियोगिताको आधिकारिक मिडिया पार्टनर समेत रहेको गोलनेपाल डटकमले सबै खेलहरु प्रत्यक्ष प्रसारण समेत गर्नेछ ।

 

Post Comments