News छैंटौं सुर्यनगर गोल्डकप शुरु
गोलनेपाल

सुर्यनगर (खेलदैनिक) । पश्चिम नवलपरासी स्थित बर्दघाट–१६ सुर्यनगरमा सोमबारदेखि छैटौं सुर्यनगर गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता शुरु भएको छ । उद्घाटन खेलमा अभिषेक चर्च, रजहरले विजयी शुरुवात समेत गर्यो ।

बर्दघाट–१६ सुर्यनगर स्थित सुर्यनगर रंगशालामा भएको उद्घाटन खेलमा अभिषेक चर्चले नवलपरासी–११ लाई शुन्यका विरुद्ध २ गोलले हराउँदै विजयी शुरुवात गरेको हो ।

अभिषेक चर्चको जितमा सुरज ठकुरी र याहुले एक–एक गोल गरे । खेलको म्यान अफ द म्याच पनि अभिषेक चर्च कै गोलकर्ता सुरज ठकुरी घोषित भए । यो जितसँगै अभिषेक चर्च क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ ।

प्रतियोगिता अन्तरगत फागुन ११ गते मंगलबारको खेल पाल्पा–११ र फर्साटिकर युवा क्लबबीच हुने आयोजकले जनाएको छ । श्री नवयुवा क्लब, बर्दघाट–१६ सुर्यनगरको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । फाइनल खेल फागुन २२ गतेका दिन हुनेछ ।

त्यसअघि प्रतियोगिताको उद्घाटन बर्दघाट नगरपालिकाका मेयर धिरज शर्मा बस्यालले एक कार्यक्रमका बीच गरेका थिए । सो अवसरमा उपमेयर मायादेवी पौडेल, एन्फाका केन्द्रिय सदस्य दिर्घ बहादुर केसी (कुमार), आयोजक क्लबका अध्यक्ष भिमकाजी गुरुङ लगायत अन्य अतिथीहरुको पनि उपस्थिति रहेको थियो ।

Post Comments