News फ्रान्सलाई अन्तिम १६ मा पुर्याउन एम्बाप्पेको दुई गोल
गोलनेपाल

काठमाडौं (एजेन्सी) । किलियन एम्बाप्पेले दुई गोल गरेको खेलमा प्रभावशाली जितका साथ गत संस्करणको उपविजेता र पूर्व विजेता फ्रान्स पनि जारी फिफा विश्वकपको प्रिक्वाटरफाइनल (अन्तिम १६) मा प्रवेश गरेको छ ।

नकआउट चरणतर्फ फ्रान्सले बुधबार बिहान स्वीडेनमाथि ३–० को जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरेको हो । फ्रान्सका लागि ४५औं मिनटमा एम्बाप्पेले पहिलो गोल गरे ,। ५३औं मिनटमा ब्राडली बार्कोलाले त्यो अग्रता दोब्बर पारे । खेलको ७४औं मिनटमा एम्बाप्पेले नै व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै फ्रान्सको जित पक्का गरे ।

एम्बाप्पेको यो दुई गोलसँगै जारी विश्वकपमा अर्जेन्टिनाका लियोनल मेसीसँगै सर्वाधिक गोलकर्ताको सूचीमा शिर्ष स्थानमा छन् । हालसम्म मेसी र एम्बाप्पे दुवैले कुल ६ गोल गरिसकेका छन् ।

Post Comments