ANFA
राजाबास भेट्रान फुटबल क्लब सेमिफाइनलमा प्रवेश
केराबारी । मोरङ केराबारी ६ सतिशालेमा जारी प्रथम सतिशाले भेट्रान फुटबल प्रतियोगितामा शनिबार भएको दोस्रो दिनको पहिलो क्वाटर फाइनल खेलमा पथरी भेट्रान फुटबल क्लबलाई ३–१ हराउँदै राजबास भेट्रान फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ। खेलमा राजवासका भोपाल बिष्ट म्यान अफ द म्याच घोषित भए।
प्रतियोगिता अन्तर्गत असोज २५ गते आइतबारको तेस्रो क्वार्टरफाइनल भने आयोजक सतिशाले भेट्रान फुटबल क्लब र सगरमाथा भेट्रान फुटबल क्लब धरान बीच हुनेछ।
Post Comments