News वीरगन्ज दोस्रो भरतपुर १८ गोल्डकपको सेमिफाइनलमा
गोलनेपाल

भरतपुर । साबिक विजेता भरतपुर १८ लाई हराउँदै वीरगन्ज युनाइटेड दोस्रो भरतपुर १८ गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

भरतपुर १८ वडा कार्यालय मैदानमा भएको खेलमा गत संस्करणको विजेता आयोजक भरतपुर १८ लाई टाईब्रेकरमा हराउँदै वीरगन्जले सेमिफाइनलमा स्थान बनाएको हो । प्रतिस्पर्धात्मक खेलमा वीरगन्ज टाईब्रेकरमा ५-४ ले विजयी भयो ।

त्यसअघि निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएको थियो । पहिलो हाफमा समेन क्षेत्रीले गोल गर्दै वीरगन्जलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा बसन्त कुमालले आयोजकका लागि बराबरी गोल गरे । त्यसपछि टाईब्रेकरमा धकेलिएको खेलमा वीरगन्ज विजयी भयो । वीरगन्जका सेम्बा लामा प्लेयर अफ दि म्याच बने ।

Post Comments