News दोस्रो बर्दिया जिल्ला पालिका कप शुरु, आयोजकको शानदार शुरुवात
सुरज राना मगर

बढैयाताल । “खेलकुद र विकासमा युवाको हात, देशले पाउँछ समृद्धि र निकास” भन्ने मूल नाराका साथ बढैयाताल–८ बर्दियामा दोस्रो बर्दिया जिल्ला पालिका कप फुटबल प्रतियोगिताको शुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बढैयाताल गाउँपालिकाले ठाकुरबाब नगरपालिकामाथि ७–१ को फराकिलो जितका साथ विजयी शुरुवात गर्यो ।

बढैयाताल–८, स्याउलीबजार स्थित बर्दिया खेलमैदानमा भएको उद्घाटन खेलको म्यान अफ द म्याच आयोजक क्लबका कृष्ण रानाभाट घोषित भए । उनले पुरस्कार वापत नगद १ हजार रिलाईबलको टिसर्ट हात पारे ।

यो जितसँगै आयोजक बढैयाताल सेमिफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तरगत फागुन १६ गते आइतबारको खेल बासगढी नगरपालिका र बारबर्दिया नगरपालिकाबीच हुने खेल संयोजक शम्शेर मल्लले जानकारी दिए ।

कालिका सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र, बढैयाताल–८, स्याउलीबजार बर्दियाको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । फाइनल खेल यहि फागुन २२ गतेका दिन हुनेछ ।

Post Comments