News पाँचौं बर्दिया जिल्ला पालिकास्तरीय अध्यक्ष कप हुने
सुरज राना मगर

बढैयाताल । कालिका सामुदायिक पुस्तकालय र मयुर युवा क्लब, बढैयाताल–८, बर्दियाको संयुक्त आयोजना यही चैत्र २४ गतेदेखि पाँचौं बर्दिया जिल्ला पालिकास्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिता हुने भएको छ ।

बढैयाताल–८ स्थित मयुर युवा क्लबको खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि शुरु भईसकेको आयोजकले जानकारी दियो । साथै बर्दिया जिल्लाका सबै पालिकाहरुलाई प्रतियोगितामा सहभागिताका लागि आवश्यक तयारी शुरु गर्न र टिमदर्ता गर्न अनुरोध गरिएको पनि आयोजकले बतायो ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

त्यति मात्र नभएर खेलाडीहरुको सम्भावित दुर्घट्ना र स्वास्थ्यलाई ध्यानमा राख्दै आयोजकले प्रतियोगिता अवधिभर १ लाखको दुर्घट्ना बिमाको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

Post Comments