News एन्टीभाईरस युवा समाजको जित
गोलनेपाल

बढैयाताल । नेपाल खेलकुद महासंघ तथा मयुर युवा क्लब, बर्दियाको संयुक्त आयोजनामा शुरु भएको प्रथम आमन्त्रित क्लबस्तरीय खुला फुटबल प्रतियोगितामा एन्टीभाईरस युवा समाजले जित हात पारेको छ ।

एन्टीभाईरसले नवयुवा मैत्रीभाव एकता समाजलाई २–१ ले हराउँदै प्रतियोगितामा विजयी शुरुवात समेत गरेको हो । यो जितसँगै एन्टीभाईरस सोझै सेमिफाइनलमा समेत प्रवेश गरेको छ ।

आउँदो पुष ४ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५११११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २७७७७ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

Post Comments