News सगरमाथा युवा क्लब सेमिफाइनलमा
गोलनेपाल

केरावारी । प्रथम सतिसाले भेट्रान कप २०८३ अन्तर्गत आइतबार असोज २५ गते सम्पन्न तेस्रो दिनको खेलमा सगरमाथा युवा क्लब, सुनसरीले सतिसाले भेट्रान एफसी ह्वाइटलाई १–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।

सतिसाले–६ स्थित सतिसाले खेलमैदानमा सम्पन्न खेलमा सगरमाथा युवा क्लबका विनोद चौधरीले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो। उनको गोलसँगै सगरमाथाले महत्वपूर्ण जित निकाल्दै प्रतियोगिताको अन्तिम चारमा स्थान बनाउन सफल भयो।

Post Comments