News टाईगर क्वाटरफाइनलमा प्रवेश
सुरज राना मगर

नयाँबस्ती । टाईगर युवा क्लब, टाईगर चोक यहाँ जारी भरतपुर २४ गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

भरतपुर–२४ स्थित सिद्धार्थ माविको खेलमैदानम सम्पन्न प्रतिस्पर्धात्मक प्रिक्वाटरफाइनलतर्फ टाईगरले रामपुर फुटबल क्लबमाथि टाईब्रेकरमा ५–४ को जित निकाल्यो ।

त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । स्मरण रहोस, खासगरी सो खेल फागुन २६ गते खेलाइएको थियो । तर खराब मौसमका कारण खेल बिथोलिएपछि सोही खेल स्थगित गरि फागुन २७ गते बिहान खेलाइएको थियो ।

बिहीबार बिहान पूःन सूचारु गरिएको खेलमा भने टाईगरले जित निकाल्न सफल भएको थियो । खेलको म्यान अफ द म्याच टाईगरका गोलरक्षक समित थापा घोषित भए । उनले पुरस्कार वापत नगद २ हजार र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तरगत फागुन २८ गते शुक्रबारको खेल जु फुटबल क्लब र रोदिज्ञा स्पोर्टस गैंडाखोला–११ बीच हुने आयोजकले जनाएको छ ।

खेलकुद विकास समिति, भरतपुर–२४ र भरतपुर महानगरपालिका–२४ को संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,०२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,०१,१११ रुपैयाँ हात पार्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताको फाइनल खेल भने आउँदो चैत ७ गतेका दिन हुने समेत आयोजकले जानकारी दियो ।

 

Post Comments