News आयोजक गोलबजार प्रतिभा क्लब उपाधि नजिक
गोलनेपाल

गोलबजार । आयोजक गोलबजार प्रतिभा क्लब यहाँ जारी रमपम चौथो गोलबजार मेयर कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गर्न सफल भएको छ ।

गोलबजार, सिरहा स्थित स्थानीय खेलमैदानमा मंगलबार भएको पहिलो सेमिफाइनलमा आयोजक गोलबजार प्रतिभाले जलथल एफसीमाथि पेनाल्टी शुटआउटमा ५–४ को जित निकाल्दै उपाधि नजिक पुगेको हो । यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

अब आयोजकले गोलबजार प्रतिभा क्लबले फाइनलमा बुधबार हुने दोस्रो सेमिफाइनलतर्फ गाईघाट एफसी र विभागीय टोली नेपाल एपिएफ क्लबबीचको विजेतासँग उपाधिका लागि भिड्ने छ ।

गोलबजार प्रतिभा क्लब र गोलबजार नगरपालिका, सिरहाको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४,०४,४४४ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २,०२,२२२ रुपैयाँ हात पार्नेछ ।

 

Post Comments