News खल्तीले दिने 'एक्साईटिङ फ्यान अफ द म्याच'
गोलनेपाल

काठमाडौं । चर्चित डिजिटल वालेट खल्तीले नेपाली फुटबलमा आफ्नो प्रभाव जमाउने क्रममा अर्को नयाँ अफर फुटबल समर्थकहरु माझ ल्याएको छ । खल्तीले विभिन्न गोल्डकपमा उपस्थिति जनाउने फुटबल फ्यानहरुलाई पुरस्कृत गर्ने भएको छ ।

फुटबल समर्थकहरुलाई हौसला प्रदान गर्न खल्तीले ‘एक्साईटिङ फ्यान अफ द म्याच’ अफर ल्याएको हो । त्यसवापत खल्तीले फुटबल समर्थकहरुलाई २ हजार नगदसहित पुरस्कृत गर्नेछ । यद्यपि त्यसका लागि फुटबल समर्थकहरुले खेलमैदानमा उत्साहित रुपमा देखिनु पर्नेछ ।

खल्तीका सहायक म्यानेजर जोनम भुर्तेल भन्छन्, “हामी नेपाली फुटबल फ्यानप्रति कृतज्ञता प्रकट गर्न चाहन्छौं । समर्थक बिनाको फुटबल शुन्य हुन्छ । यो अभियान हामीले फुटबल समर्थकहरुलाई प्रोत्साहित गर्न कै लागि ल्याएका हौं । नेपाली फुटबल समर्थकहरुप्रति पनि हामी आभारी छौं ।”

त्यति मात्र नभएर म्यानेजर भुर्तेलले विभिन्न गोल्डकपहरुमा फुटबल समर्थकहरु माझ क्याशब्याक अफर पनि ल्याएको बताए । घरेलु फुटबलमा आफूलाई विस्तारै व्यस्त बनाउन लागेको खल्तीले आज बाट सुरु हुने बागमती गोल्ड कप, आहा रारा गोल्ड कप, जीतपुर सिमरा गोल्डकप र सर्लाहीमा शुरु हुन गईरहेको प्रतिष्ठित पाँचौं राजर्षि जनक कपमा आधिकारिक टिकटिङ पार्टनरका रुपमा समेत उभ्याएको छ ।

Post Comments