News प्रदिप निर्णायक बनेपछि एपिएफ सेमिफाइनलमा
गोलनेपाल

सिमरा । भर्खरै प्रतिष्ठित छैटौं विराट गोल्डकपको उपाधि उचालेको सशस्त्र प्रहरीको एपिएफ क्लब विश्वकर्मा सिमेन्ट ११औं जितपुर सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार सम्पन्न प्रतियोगिताको तेस्रो क्वाटरफाइनलमा एपिएफले बागमती युवा क्लब, सर्लाहीको चुनौति २–१ ले समाप्त पार्दै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो । एपिएफको जितमा दुवै गोल प्रदिप लामाले गरे । उता पराजित बागमतीका लागि निरज थापाले गोल गरेका थिए ।

सिमरा रंगशालामा भएको खेलमा एपिएफका लागि निर्णायक बनेका प्रदिप लामा म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत बैशाख ७ गतेको चौथो तथा अन्तिम क्वाटरफाइनल खेल विजय युथ क्लब, हेटौडा र संकटा क्लब, काठमाडौंबीच हुने आयोजकले जनाएको छ ।

नव जनजागृति युवा क्लबको आयोजना तथा जितपुर सिमरा उपमहानगरपालिकाको विशेष सहयोगमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल भने यहि बैशाख ११ गतेका दिन हुनेछ ।

Post Comments