News चितवनमा सेभेन ए साईड फुटबल प्रतियोगिता हुने
सुरज राना मगर

भरतपुर । “खेल खेलौं स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि” भन्ने मूल नाराका साथ चितवनमा प्रथम सेभेन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ ।

जनपथ क्लब, भरतपुर–२४ ध्रुवबजारको आयोजनामा यहि भदौ १५ गतेदेखि प्रतियोगिता शुरु हुन गईरहेको हो । वर्तमान असहज पस्थितिमा विस्तारै खेलकुदको माहौल फर्किएको आभाष दिलाउन सानो भए पनि प्रतियोगिता आयोजना गर्न गईरहेको प्रतियोगिता संयोजक पदम बहादुर मगरले बताए ।

“यो असहज परिस्थतिमा खेलाडीहरुलाई शारीरिक र मानसिक रुपमा स्वस्थ्य रहन हामीले सानै भए पनि प्रतियोगिता आयोजना गर्न गईरहेका छौं । प्रतियोगिताभर स्वास्थ्य सुरक्षाका हरेक मापदण्ड पालना गरेर प्रतियोगिता सम्पन्न गर्ने हाम्रो योजना छ ।” संयोजक मगरले भने ।

भरतपुर–२४ ध्रुवबजार स्थित क्लबको स्थानीय खेलमैदानमा हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३० हजार हात पार्नेछ भने उपविजेताले १५ हजार प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको संयोजक मगरले बताए ।

प्रतियोगिताको फाइनल मिति भने अहिले नतोकिएको आयोजक जनपथ क्लबका अध्यक्ष बिकास लामाले बताए । अध्यक्ष लामाका अनुसार कति टिम आउने निश्चित नभएकोले टिम दर्ता सम्पन्न भईसकेपछि सोही अनुसार फाइनल मिति तोकिने उनले जानकारी दिए । प्रतियोगितामा सहभागिताका लागि टिम दर्ता शुल्क ३ हजार तोकिएको छ ।

Post Comments