News राष्ट्रिय लिग फुटसल दर्शकका लागि खुल्ला !
गोलनेपाल

पोखरा रंगशाला स्थित बहुउदेश्यीय कभर्ड हलमा हुने राष्ट्रिय फुटसल लिग दर्शकका लागि खुल्ला गरिएको छ ।

असोज २ गतेदेखि २२ गतेसम्म हुने लिग अब टिकट काटेर हेर्न सकिने भएको छ ।

टिकट दर भने २ सय रुपैँया रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) फुटसल विभाग प्रमुख एवम् लिग संयोजक विनोद गुरुङले जानकारी दिए ।

१० टिम सहभागी रहेको प्रतियोगिताको बिजेताले १० लाख प्राप्त गर्नेछ भने उपबिजेताले ५ लाख प्राप्त गर्नेछ।

Post Comments