News मधुवनलाई जिल्ला पालिकास्तरीय फुटबलको उपाधि
गोलनेपाल

बर्दिर्या । “खेलकुद र पर्यटनको प्रवर्दनःबर्दियाको समर्पण“ भन्ने मुल नाराको साथ कालिका सामुदायिक पुस्ताकालय तथा स्रोत केन्द्र बढैयाताल ८ स्याउलिबजारद्धारा आयोजित प्रथम बर्दिया जिल्ला पालिका स्तरिय फुटबल प्रतियोगिताको उपाधि मधुवन नगरपालिकाले जितेको छ ।

फाईनल खेलमा मधुवन नगरपालिकाले बांसगढी नगरपालिकालाई ट्राईबेकरमा ४–२ गोलको अन्तरले पराजित गर्दै उपाधि उचाल्न सफल भएको हो । त्यसअघि निर्धारित ९० मिनेट भित्र दुवै टिमले ३–३ गोलको रोमाञ्चक बराबरि खेलेपछि खेलको निर्णय टाइब्रेकरबाट लिनु परेको थियो ।

बिजेता बनेको मधुवन नगरपालिकाले उपाधिसहित नगद १ लाख हात पार्यो भने उपबिजेता बनेको बासगढीले नगद ६० हजार, ट्रफि मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो ।

त्यस्तै बिधागत तर्फ उत्कृष्ट गोलकिपर मधुवनका लक्ष्मण बि.क घोषित भए भने उत्कृष्ट डिफेन्डर बासगढीका सुदिप घर्ती चुनिए । त्यसैगरी सर्वाधिक गोलकर्ता मधुवनका अन्जान चौधरी बने । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भने विजेता मधुवन नगरपालिका कै कप्तान प्रकाश बि.सि चुनिए ।

बिधागततर्फ उत्कृष्ट बनेका सबैले जनही १५–१५०० नगद र ट्रफी प्राप्त गरे । यस समापन खेलको उद्घाटन प्रमुख अतिथी श्री माननीय कुमारी तुलसी थापाले गर्नु भएको थियो ।

Post Comments