News सेन्ट्रल कलेज भरतपुर क्वाटरफाइनलमा
गोलनेपाल

बिजयवस्ती । सेन्ट्रल कलेज भरतपुर एफसी, चितवन यहाँ जारी समाजसेवी स्व. राम बहादुर श्रेष्ठ गोल्डकप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार बिजयवस्ती खेलमैदानमा भएको प्रिक्वाटरफाइनलतर्फ भरतपुरले युवा प्रगति समाज संघ, सेढवालाई २–० ले हराउँदै क्वाटरफाइनल यात्रा तय गर्न सफल भएको हो ।

भरतपुरको जितमा गणेश हमाल र अनिल राना मगरले गोल गरे । खेलको म्यान अफ द म्याच भरतपुरका गणेश हमाल घोषित भए । उनलाई प्रमुख अतिथी बृहस्पती कृष्ण श्रेष्ठले पुरस्कृत गरे ।

प्रतियोगिता अन्तरगत असोज १५ गते शुक्रबारको खेल सर्लाही–११ लालबन्दी र सिमरा युनाइटेडबीच हुने आयोजकले जनाएको छ ।

बिजयवस्ती फुटबल क्लब, ठोरी–४ पर्साको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । फाइनल खेल यहि असोज २८ गतेका दिन हुनेछ ।

Post Comments