News धुलिखेलमा प्रथम खुल्ला मेयर फुटसल प्रतियोगिता हुने
गोलनेपाल
धुलिखेलमा प्रथम खुल्ला मेयर फुटसल प्रतियोगिता हुने भएको छ।

धुलिखेल नगरपालिकाको बिशेष सहयोगमा व्याच नम्बर २०६५ धुलिखेलले बिजया दशमी-२०७८ को अवसरमा खुल्ला फुटसल प्रतियोगिता गर्न लागेको हो।
 
प्रतियोगिता धुलिखेल नगरपालिका वडा नम्बर-४ स्थित एसआर फुटसल श्रीखण्डपुरमा यहि असोज २३ गते हुनेछ।
 
प्रतियोगिताका लागी ५ लाख १५ हजार खर्च हुने अनुमान गरेको संयोजक रविन खड्गीले जानकारी दिनुभयो।
 
प्रतियोगितामा प्रथम हुने टीमले नगद रु. १ लाख रुपैंया, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन्। दोश्रो हुनेले नगद ५० हजार ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने जानकारी दिएको छ। फुटसलमा १ लाख रुपैंया काभ्रे जिल्लामा अहिलेसम्म कै सर्वाधिक नगद राशि भएको खड्गीले जानकारी दिनुभयो।
 
प्रतियोगितामा ४ जना खेलाडीलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको छ। अन्तर्राष्टिय प्रतियोगितामा १० गोल गरेका भरत खवास, जर्जप्रिन्स कार्की, बिक्रम लामा र फुटसल का राष्ट्रिय खेलाडी मणि लामा लाई सम्मान गर्ने आयोजक ले जानकारी दिनु भयो।

काभ्रे जिल्ला फुटबल संघ र एसआर फुट्सलको प्राविधिक सहयोग रहेको छ। खेलहरु गोल नेपाल डटकम, नेवा टिभी एचडी र नेपाल स्पोर्ट च्यानलबाट प्रत्येक्ष प्रशारण हुने आयोजकले जानकारी दिएको छ।

यस्तै, प्रतियोताको मुख्य प्रायोजक एग्रो थाई फुडको म्याक्स टाईगर ईनर्जी ड्रिंक्स र सह-प्रायोजक  निर्माण व्यावसायि संघ काभ्रे रहेको छ भने धुलिखेल समाज काठमाडौं, अर्थभूमी वचत तथा ऋण सहकारी संस्था लि. ,गुराँस लाईफ इन्स्योरेन्स लगायत विभिन्न संस्थाहरुको सहयोग रहेको छ।
 
प्रतियाेगीतामा सहभागिताको लागि ५ हजार दर्ता शुल्क तोकिएको छ। अन्तिम दर्ता मिति असोज २० गतेसम्म तोकिएको छ।
 
प्रतियोगितामा काभ्रे, काठमाडौं, भक्तपुर र सिन्धुपलाञ्चोक लगायत जिल्लाका ३२ टिम भन्दा बढी हुने अनुमान आयोजकले गरेको छ।
Post Comments