News निर्मल समाज युवा क्लब प mाइनलमा
गोलनेपाल

बिजयवस्ती । निर्मल समाज युवा क्लब यहाँ जारी समाजसेवी स्व. राम बहादुर श्रेष्ठ गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको पहिलो सेमिफाइनलमा निर्मल समाजले बनशक्ति युवा क्लबलाई टाईब्रेकरमा ४–३ ले हराउँदै उपाधि नजिक पुगेको हो । त्यसअघि बिजयवस्ती खेलमैदानमा सम्पन्न निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

खेलमा निर्मल समाजका गोलरक्षक अनिष देउजा म्यान अफ द म्याच घोषित भए । उनलाई प्रमुख अतिथी संविधान सभा सदस्य जयप्रकाश थारुले मेडल र नगदसहित पुरस्कृत गरेका थिए ।

प्रतियोगिता अन्तरगत असोज २६ गते मंगलबारको दोस्रो सेमिफाइनल खेल सुवर्ण युवा क्लब र बिरगंज युनाइटेड बीच हुने आयोजकले जनाएको छ ।

बिजयवस्ती फुटबल क्लब, ठोरी–४ पर्साको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । फाइनल खेल यहि असोज २८ गतेका दिन हुनेछ ।

Post Comments