News महिला फुटबल प्रतियोगितामा युनाइटेडको विजयी शुरुवात
गोलनेपाल

झापा । मंगलबारदेखि शुरु प्रथम महिला फुटबल प्रतियोगितामा युनाइटेड फुटबल क्लबले विजयी शुरुवात गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा युनाइटेडले एम.आर.एस. स्र्पोटिङ इलामलाई २–० ले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।

युनाइटेडको जितमा इमा राई र कामना राईले गोल गरे । खेलमा युनाइटेड कै इमा राई प्लेयर अफ द म्याच घोषित भए । रोयल स्र्पोटिङ क्लबको आयोजनामा शुरु प्रतियोगिताको उद्घाटन दमकनगर खेलकुद विकास समितिका अध्यक्ष भिम चम्लागाईले गरेका थिए ।

Post Comments