News ए डिभिजन लिगको टिकट मुल्य तोकियो
गोलनेपाल

काठमाडौं । बहुप्रतिक्षित कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिग हेर्न आउने दर्शकहरुका लागि टिकट मुल्य तोकिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरका अनुसार लिग अवधिभर दर्शकहरुका लागि सामान्यतर्फ १०० र भिआईपीतर्फ ५०० टिकट दर तोकिएको बताए ।

स्मरण रहोस, यसअघि यहि कार्तिक २९ गतेदेखि शुरु हुने भनिएको लिग प्राविधिक कारणवश एन्फाले मंसिर ३ गतेदेखि शुरु गर्ने जानकारी दिएको थियो । त्यस्तै यसपटक लिग हेर्न आउने दर्शकहरुका लागि रिफ्रेसमेन्ट सुविधा पनि दिइने एन्फाले जनाएको छ । अर्थात खेल हेर्दै दर्शकहरुलाई चिया, कफी लगायतको रिफ्रेसमेन्ट सुविधा दिने एन्फाको तयारी छ ।

मंसिर ३ गते हुने लिगको उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेण्डस क्लब भिड्ने कार्यक्रम छ । जुन खेल कृत्रिम प्रकाश (फ्लड लाईट) मा हुनेछ । साथै खेलहरु प्रत्येक साताको शुक्रबार, शनिबार र आइतबार हुने एन्फाले घोषणा गरेको छ ।

लिग विजेताले यसपटक लिग उपाधिसहित नगद ७५ लाख पाउनेछ भने उपविजेताले ५० लाख प्राप्त गर्नेछ । त्यस्तै तेस्रो स्थान हासिल गर्ने टोलीले पनि नगद २५ लाख पाउने एन्फाले घोषणा गरिसकेको छ ।

Post Comments