News थ्रीस्टारको जितमा अनन्तको निर्णायक गोल
गोलनेपाल

काठमाडौं । कतार एयरवेज ए डिभिजन लिगतर्फ रुस्लान थ्रीस्टार क्लबले शनिबार साँघुरो जित हात पारेको छ । दशरथ रंगशालामा भएको एक मात्र खेलमा थ्रीस्टारले सशस्त्र प्रहरीको एपिएफ क्लबमाथि १–० को जित निकाल्यो ।

प्रतिस्पर्धात्मक खेलको शुरुवात मै थ्रीस्टारले गोलको खाता खोलेको थियो । जुन निर्णायक पनि गोल पनि बन्यो । पाटने क्लबका लागि १५औं मिनटमै अनन्त तामाङले एक मात्र गोल गरे ।

तामाङ खेलको म्यान अफ द म्याच समेत चुनिए । उनले पुरस्कार वापत नगद १० हजार प्राप्त गरे । यो जितपछि ३ खेलबाट ७ अंक जोडेको थ्रीस्टार दोस्रो स्थानमा उक्लिएको छ । उता पराजित एपिएफ भने १ अंकका साथ पुछारबाट तेस्रो स्थानमा छ ।

Post Comments