News शेर्पाले पायो नेपाल आइसको साथ
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग खेल्ने तयारीमा रहेको हिमालयन शेर्पा क्लबले नेपाल आइसलाई मुख्य प्रायोजकका रुपमा पाएको छ । चर्चित व्यापारिक घराना चौधरी ग्रुप के उत्पादन समेत रहेको नेपाल आइसले शेर्पालाई एक बर्षका लागि प्रयोजन गरेको हो ।

दुवै पक्षबीच बुधबार दशरथ रंगशालामा एक कार्यक्रमका बीच सम्झौतापत्रमा हस्ताक्षर र आदान प्रदान भयो । सम्झौतासँगै अब शेर्पाले एक बर्षसम्म नेपाल आइस हिमालयन शेर्पा फुटबल क्लबको नाममा फुटबल गतिविधीहरुमा सहभागिता जनाउने छ । नेपाल आइसले शेर्पालाई एक बर्षसम्म आर्थिक रुपमा पनि सपोर्ट गर्नेछ ।

स्मरण रहोस, शेर्पाले हालै मोरङमा सम्पन्न अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकपको उपाधि जितेको थियो । त्यस्तै यहि मंसिर ३ गतेदेखि शुरु हुन गईरहेको कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगमा शेर्पाले आफ्नो पहिलो खेल मंसिर ४ गतेका दिन संकटा क्लबसँग खेल्ने कार्यक्रम छ ।

Post Comments