News लिगका लागि सातदोबाटोले पायो किट्स पार्टनर
गोलनेपाल

काठमाडौं । पहिलोपटक घरेलु फुटबलको शिर्ष लिग खेल्ने तयारीमा रहेको सातदोबाटो युथ क्लबले खेलकुद सामाग्री उत्पादक कम्पनी टि१० लाई किट्स पार्टनरका रुपमा पाएको छ ।

नेपालका लागि टि१० को आधिकारिक बिक्रेता भाटभटेनी होल्डिङ कम्पनी र सातदोबाटो युथ क्लबबीच एक कार्यक्रमका सम्झौतापत्रमा हस्ताक्षर र आदान प्रदान भयो । साथै सोही अवसरमा क्लबको जर्सी पनि सार्वजनिक गरियो ।

कार्यक्रममा भाटभटेनी होल्डिङका प्रबन्ध निर्देशक पवन सर्राफ र सातदोबाटो युथ क्लबका महासचिव सुनिल बिष्टले सम्झौतापत्रमा हस्ताक्षर गर्दै आदानप्रदान गरे । सम्झौता तीन बर्षका लागि भएको बताइएको छ ।

यो सम्झौतासँगै क्लबले अब टि१० को जर्सी प्रयोग गर्नेछ । सो अवसरमा क्लबका मुख्य प्रशिक्षक मेघराज केसी, कप्तान मान बहादुर तामाङ लगायत अन्यको उपस्थिति रहेको थियो ।

यहि मंसिर ३ गते शुक्रबारदेखि शुरु हुन गईरहेको लिगको उद्घाटन खेलमै सातदोबाटोले फ्रेण्डस क्लबसँग खेल्दै लिगको शुरुवात गर्नेछ ।

Post Comments