News किरन माल्दिभ्स प्रस्थान
गोलनेपाल

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका कप्तान तथा गोलरक्षक किरन चेम्जोङले फेरि माल्दिभ्सको शिर्ष लिगमा व्यवसायीक फुटबल खेल्ने भएका छन् ।

किरनले माल्दिभ्सको लिग च्याम्पियन माजिया स्पोर्टस एण्ड रिक्रियशनबाट नयाँ सिजनको धिवेही प्रिमियर लिग खेल्ने बताइएको छ । साथै किरन त्यसका लागि माल्दिभ्सतर्फ पनि प्रस्थान गरिसकेका छन् ।

स्मरण रहोस, किरणले यसअघि सन् २०१७–१८ र २०१८–१९ को सिजनमा टिसी स्पोर्टसका लागि माल्दिभ्सको शिर्ष लिग खेलेका थिए । टिसी स्पोर्टसमा दोस्रो स्पेल बिताउने क्रममा क्लबलाई लिग च्याम्पियन पनि बनाएका किरनले सर्वोत्कृष्ट गोलरक्षकको पुरस्कार पनि जित्न सफल भएका थिए ।

किरनले हालै माल्दिभ्स मै सम्पन्न प्रतिष्ठित साफ च्याम्पियनसिपमा टोलीको कप्तानी गर्दै नेपाललाई पहिलोपटक ऐतिहासिक फाइनलमा समेत पुर्याएका थिए ।

 

Post Comments