News च्यासलमा शेमको विदाई, विजयको स्वागत
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगको उपाधि जित्ने लक्ष्य सहित स्टार खेलाडीहरुलाई भित्राएर चर्चा बटुलिरहेको च्यासल युथ क्लबका भारतीय मिडफिल्डर शेम मार्टोनले लिगको एउटै खेल नखेली क्लब छाड्ेका छन्

च्यासलले शेमसँगको सम्झौता आपसी सहमतिमा रद्द गरिएको बताएको छ । स्मरण रहोस, च्यासलले उनलाई नोभेम्बरको शुरुवाततिर क्लबमा अनुवन्ध गरेको घोषणा गरेको थियो । उनले त्यसअघि चेन्नई सिटीका लागि आई लिग खेलेका थिए ।

त्यस्तै च्यासलले शेमसँगको सम्झौता रद्द गरेकै दिन अर्का भारतीय मिडफिल्डर विजय पोन्नुरंगमलाई अनुवन्ध गरेको घोषणा गरेको छ । विजयले पनि चेन्नई सिटी कै लागि खेल्दै सन् २०१८–१९ को आइ लिग जितेका थिए ।

कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगतर्फ च्यासलले शनिबार अर्को चिरप्रतिद्वन्द्वी थ्रीस्टार क्लबसँग खेल्दै लिगको शुरुवात गर्दैछ ।

Post Comments