News संकटा र शेर्पाको बराबरी
गोलनेपाल

काठमाडौं । खेलमा बनाएको अग्रतालाई जोगाउन नसकेको संकटा क्लबले कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगमा शनिबार हिमालयन शेर्पा क्लबसँग १–१ को बराबरी खेल्दै अंक बाँडेको छ ।

दशरथ रंगशालामा भएको पहिलो खेलमा संकटाका लागि दोस्रो हाफको ५९औं मिनटमा विपक्षी गोलरक्षकको गल्तीको फाईदा उठाउँदै लक्ष्मण रुचालले बक्स भित्रबाट सटिक गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

तर संकटाले त्यो अग्रता पाँच मिनट पनि जोगाउन सकेन । गोल खाए लगतै ६३औं मिनटमा शेर्पाका लागि त्रिदेव गुरुङले गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए ।

खेलको म्यान अफ द म्याच संकटाका गोलकर्ता लक्ष्मण रुचाल घोषित भए । त्यसवापत उनले नगद १० हजार र ट्रफी हात पारे । त्यस्तै बराबरी खेलेका दुवै टोलीले २५–२५ हजार समेत हात पारे ।

Post Comments