News किरनको माजिया स्थानान्तरण पूरा
गोलनेपाल

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका कप्तान तथा गोलरक्षक किरन चेम्जोङको माल्दिभीयन क्लब माजिया स्पोर्टस एण्ड रिक्रियशनसँगको स्थानान्तरण पूरा भएको छ ।

क्लबले किरनलाई शनिबार एक कार्यक्रमका बीच सार्वजनिक गर्यो । किरनले माजियामा पनि आफ्नो ट्रेड मार्क जर्सी नम्बर १६ नै लगाउने छन् । माजिया धिवेही प्रिमियर लिगको साविक विजेता समेत हो ।

यसअघि किरनले टिसी स्पोर्टसबाट दुई सिजन माल्दिभ्सको शिर्ष लिग खेलेका थिए । माजियाका अनुसार किरनले लिगको नयाँ सिजनका लागि क्लबसँग सम्झौता गरेका छन् ।

माजियामा आवद्ध हुन कै लागि एक दिन अघि किरन माल्दिभ्सतर्फ प्रस्थान गरेका थिए ।

Post Comments