एनी फाक्तेप गोल्डकप आजदेखि सुरु हुँदैछ ।
प्रतियोगितामा झापा, मोरङ, सुनसरी, इलाम र सिन्धुलीका आठ टिमले प्रतिस्पर्धा गर्दैछन् । फाक्तेप फुटबल क्बल झापाको आयोजनामा मंसिर १८ गतेसम्म हुने प्रतियोगिताको उद्घाटन खेलमा पथरी फुटबल क्लब मोरङ र दुधौली स्पोर्टिङ क्लब सिन्धुलीले प्रतिस्पर्धा गर्नेछन् ।
यस्तै, जलथल फुटबल क्बल झापा, रोयल स्पोर्टिङ क्लब दमक, माइभ्याली फुटबल क्लब इलाम, धरान सिटी फुटबल क्लब सुनसरी, फाक्तेप फुटबल क्लब आयोजक र तुर्केनी फुटबल क्लब काँकडभिट्टा प्रतियोगितामा सहभागी छन् ।
आयोजकका अनुसार प्रतियोगिताको उद्घाटन एन्फाका वरिष्ट उपाध्यक्ष पंकजविक्रम नेम्बाङले गर्नेछन् । खेल संयोजक सन्तोष थेगिमका अनुसार प्रतियोगितामा प्रथम र द्वितीय हुने टिमले क्रमशः १ लाख १ हजार र ५१ हजार र ट्रफी पाउनेछ ।
यस्तैगरी म्यान अफ दी टुर्नामेन्ट र हाइ स्कोररले नगद ५ हजार, उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिडफिल्ड, उत्कृष्ट किपर, उत्कृष्ट डिफेन्सले नगद ३ हजार रुपैयाँ पाउँदा प्रत्येक खेलको म्यान अफ दी म्याच बन्ने खेलाडीले ३ हजार पाउने खेल संयोजक थेगिमले जानकारी दिए ।
- बिर्तामोड च्यालेञ्ज कपमा उर्लाबारीको विजयी सुरुवात
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक