News रुमेशको गोलले च्यासललाई पहिलो सफलता
गोलनेपाल

काठमाडौं । यस सिजन खेलाडी अनुवन्धमा महँगो रकम खर्चिएको च्यासल युथ क्लबले जारी कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगमा शनिबार पहिलो जित हात पारेको छ ।

दशरथ रंगशालामा भएको पहिलो खेलमा च्यासलले विभागीय टोली एपिएफ क्लबलाई शुन्यका विरुद्ध १ गोलले हरायो । दोस्रो हाफको ४९औं मिनटमा रुमेश बर्तौलाले बक्स बाहिरबाट गरेको आकर्षक प्रहार गोलमा परिणत भएपछि च्यासलले महत्वपूर्ण तीन अंक बटुल्न सफल भएको हो ।

स्मरण रहोस, च्यासलले आफ्नो पहिलो खेलमा थ्रीस्टार क्लबसँग ३–० को पराजय बेहोरेको थियो भने एपिएफले बीबीसीसँग ३–२ को हार बेहोरेको थियो । शनिबारको खेलमा निर्णायक गोलकर्ता रुमेश बर्तौला म्यान अफ द म्याच घोषित भए । त्यसवापत उनले नगद १० हजार र ट्रफी हात पारे ।

उता महत्वपूर्ण जित हात पारेको च्यासलले म्याच मनी वापत ५० हजार पनि प्राप्त गर्यो ।

Post Comments