News किरनको टोली माजियालाई दोस्रो सफलता
गोलनेपाल

काठमाडौ । नयाँ सिजनका लागि दश दिने बन्द प्रशिक्षणका लागि केन्दिकोल्हुधुमा रहेको किरन चेम्जोङको टोली माजिया स्पोर्टस एण्ड रिक्रियशनले दोस्रो मैत्रीपूर्ण खेलमा पनि फराकिलो जित हात पारेको छ ।

पहिलो मैत्रीपुर्ण खेलमा केन्दिकोल्हुधुलाई ९–० ले हराएको माजियाले सोमबार दोस्रो मैत्रीपूर्ण खेलमा एन मालेन्धुलाई शून्यका विरुद्ध ११ गोलको भारी अन्तरले हरायो । माजियाले तेस्रो मैत्रीपुर्ण खेल बुधबार एन.माफरुसँग खेल्ने कार्यक्रम छ ।

माल्दिभ्सको शिर्ष लिग धिवेही प्रिमियर लिगको डिफेन्डिङ च्याम्पियन समेत रहेको माजियाले त्यसकै तयारीका लागि हाल बन्द प्रशिक्षणमा व्यस्त छ । माजियाले नयाँ सिजन कै लागि भनेर किरनलाई केही साता अघि मात्र क्लबमा अनुवन्ध गरेको थियो ।

 

Post Comments