News दिल्ली डाइनामोजबाट जावलाखेल आइपुगे कुबेर
गोलनेपाल

काठमाडौं । नेपालको परिचित ए डिभिजन क्लब जावलाखेल युथ क्लबले इण्डियन सुपर लिग क्ल्ब दिल्ली डाइनामोजका युवा फुटबल खेलाडी कुबेर बिष्टलाई अनुबन्ध गरेको छ ।

क्लबले उनलाई यस सिजनका लागि अनुबन्ध गरेको छ । यद्यपि खेलाडी र क्लबबीच भएको आर्थिक सम्झौता लगायतबारे विस्तृत रुपमा केही खुलाइएको छैन ।

स्मरण रहोस, हाल जारी कतार एयरवेज ए डिभिजन लिगमा तेस्रो चरणको समाप्तीसम्म जावलाखेल १ जित र २ बराबरी सहित ५ अंकका साथ लिगतालिकाको चौथो स्थानमा छ ।

 

Post Comments