News च्यासल पनि बराबरीमा रोकियो
गोलनेपाल

काठमाडौं । कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगमा शनिबार भएको दोस्रो खेलमा च्यासल युथ क्लबले पनि बराबरी खेल्दै अंक बाँडेको छ । दशरथ रंगशालामा भएको खेलमा च्यासलले न्युरोडटिम (एनआरटी) सँग १–१ को बराबरी खेल्दै अंक बाँड्न बाध्य भएको हो ।

पहिलो हाफको ४३औं मिनटमा रुमेश बर्तौलाको गोलबाट च्यासलले अग्रता लिएको थियो । स्मरण रहोस, दोस्रो चरणको खेलमा एपिएफलाई १–० ले हराउँदा पनि रुमेशले नै च्यासलका लागि निर्णायक गोल गरेका थिए ।

तर शनिबार त्यो अग्रतालाई च्यासलले दोस्रो हाफमा गुमाउन पुग्यो । एनआरटीका लागि ७९औं मिनटमा बक्स भित्रबाट दिपेश घलेले गरेको सटिक प्रहार गोलमा परिणत भएपछि च्यासलको लगातार दोस्रो जित हात पार्ने योजना विफल बनेको थियो ।

च्यासल र एनआरटी दुवैले म्याच मनी वापत २५–२५ हजार पनि प्राप्त गरे ।

यो नतिजापछि ३ खेलबाट ४ अंक जोडेको च्यासल आठौं स्थानमा छ । उता एनआरटी भने २ अंकका साथ ११औं स्थानमा छ ।

Post Comments