News मनाङ्ले ए डिभिजन लिगको तीन खेलहरु पोखरामा खेल्ने
गोलनेपाल

काठमाडौं । जारी कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगतर्फ उपाधिको दावेदार मध्ये एक मनाङ मस्र्याङ्दी क्लबले लिगका तीन खेलहरु पोखरा रंगशालामा खेल्ने भएको छ ।

स्रोतका अनुसार मनाङले लिगको पाँचौं, सातौं र आठौं चरणका खेलहरु पोखरामा खेल्ने भएको हो । पोखरामा मनाङले च्यासल युथ क्लब, ब्रिगेड ब्वाईज क्लब (बीबीसी) र नेपाल पुलिस क्लबसँग खेल्ने बताइएको छ । यद्यपि अन्य टोलीहरुबारे भने केही टुंगो लागेको छैन ।

स्मरण रहोस, मनाङले लिग शुरु हुनु अघि नै पोखरा रंगशालालाई घरेलु मैदान बनाउने प्रस्ताव गरेको थियो । साथै एन्फाले पनि लिगका खेलहरु चार फरक स्थानमा खेलाउने योजना समेत बनाएको थियो । जसमा दशरथ रंगशालासहित पोखरा रंगशाला, च्यासल स्टेडियम र सातदोबाटो स्थित एन्फा कम्प्लेक्स रहेको थियो ।

तर हालसम्म लिगका सबै खेलहरु दशरथ रंगशाला मै भईरहेका छन् । एन्फाले लिगका खेलहरु सञ्चालन गर्नका लागि च्यासलसँग आवश्यक छलफल गरिरहेको समेत बुझिएको छ ।

Post Comments